दफा २०
अस्थायी दरबन्दीको सिर्जना
(१) आयोगले निर्वाचनको काम गर्न बढीमा छ महिना सम्मका लागि आवश्यक सङ्ख्यामा अस्थायी पदको दरबन्दी सिर्जना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सिर्जना भएको दरबन्दीमा नेपाल सरकारको जुनसुकै सेवाबाट अवकाश प्राप्त गरेको कर्मचारीलाई बढीमा निजले अवकाश प्राप्त गर्दाको पदको सुविधा पाउने गरी आयोगले नियुक्ति गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको अवधिभित्र त्यस्तो पदको काम सम्पन्न नभएमा आयोगले एकैपटक वा पटक–पटक गरी छ महिनासम्म म्याद थप गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम सिर्जना गरिएका पदमा आयोगले अस्थायी वा करार वा ज्यालादारीमा नियुक्त गर्न सक्नेछ ।
-“तर यस दफा बमोजिम अस्थायी दरबन्दी सृजना गर्दा वा करार वा ज्यालादारीमा कर्मचारी नियुक्तिको सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिई आयोगले बनाएको कार्यविधि बमोजिम गर्नु पर्नेछ।”